Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

५० स्वास्थ्यकर्मी क्वारेन्टाइन र आइसोलेसनमा

बाँके ।
कोरोना भारइरसका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा रहेका छन् ।


अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका मध्ये केहीलाई संक्रमण भएर आइसोलेसनमा तथा अन्य गरेर ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालका सह–निर्देशक डा।रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको बताएका छन् ।

उनले सक्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरेर छ जना संक्रमित भई आइसोलेसनमा रहेको जनाउँदै सक्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेको बताए ।

अस्पतालका सह–निर्देशक डा। किदवाईका अनुसार पछिल्लो समयमा समुदायमा संक्रमण फैलिए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आएकोले चिकित्सक र स्वास्थ्यकर्मी सक्रमित भएका हुन् । उनले हाल आएर ठूलो संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताए ।

ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बसे पनि आलोपालो गरेर अस्पतालका सबै सेवालाई सुचारु राखिएको अस्पतालले जनाएको छ । उनले हालसम्म उपचारका लागि अस्पतालमा पुगेका कुनैपनि बिरामीलाई फिर्ता नगरिएको बताए । उनले कोरानाको लक्षण देखिएका बिरामीलाई समेत स्वास्थ्य सेवा दिँदै आएकोले नै धेरैजना स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपरेको जनाए ।