बर्दिया र बाँकेमा निरन्तर थपिदै कोरोना संक्रमित
बाँके ।
बर्दिया भेरी अस्पताल नेपालगंजले सार्वजनिक गरेको तथ्यांक अनुसार बाँके र बर्दियामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
आज कोरोना भाइरसका २१ जना नयाँ संक्रमित फेला परेका छन । जसमध्ये शसस्त्र गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना, खजुरा ६ बाँके, कोहलपुर ११ बाँके र कपुरकोट ३ सल्यानका १÷१ जना रहेको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर ल्यावमा प्राप्त २९ हजार ४० नमुना मध्ये २९ हजार नमुनाको जाँच कार्य सकिएको छ । पीसीआर जाँच गरिएका मध्ये १ हजार २ सय ६४ जना ब्यक्तिलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उता बर्दिया जिल्लामा कोरोना संक्रमितहरुको संख्या २ सय ९२ जना पुगेको छ । जसमध्ये २ सय ३८ जना पुरुष र ५४ जना महिला रहेका छन ।
संक्रमित मध्ये २ सय ७ जना पुरुष र ३९ जना महिला गरी २ सय ४६ जना ब्यक्तिहरु निको भएका छन । अहिले आइसोलेसनमा ३१ पुरुष र १५ जना महिला छन । जिल्ला प्रशासन कार्यालय बर्दियाले आज दिउँसो ३ बजे सार्वजनिक गरेको कोभिड–१९ सम्वन्धी अपडेट अनुसार जिल्लाका ७ हजार ५ सय ५५ जना ब्यक्तिहरुको पीसीआर जाँच गरिएको छ । अहिले पनि ३ सय २९ जना ब्यक्तिहरु क्वारेन्टिनमा रहेको जनाईएको छ ।






