Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

जीप दुर्घटना : २ जना पुरूष घाइते

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर –१४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो ।

दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

दुर्घटनामा वीरेन्द्रनगर – १४ का २७ वर्षिय चालक टोपबहादुर खासु मगर र वीरेन्द्रनगर–७ का २१ वर्षिय गाडी साहु निर्देश शर्मा घाइते भएका छन् । उनीहरुको उपचार वीरेन्द्रनगर स्थित मायाँ नर्सिङहोममा उपचार भैरहेको छ ।