Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

५० वर्षमा मनिषा

काठमाडौं ।

अभिनेत्री मनिषा कोइराला ५० वर्ष पुग्नुभएको छ । १९७० अगष्ट १६ मा काठमाडौंमा जन्मिनु भएकी मनिषा नेपाली र बलिउड दुवै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई आइतबार सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो देखिन्थ्यो ।

५० वर्षमा मनिषा

नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको सानोमा डाक्टर बन्ने सपना थियो । तर करियरका लागि भने उनले मोडलिङ र फिल्म अभिनय रोजिन् । सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौंला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी हुन् । उनले बलिउडमा लामै समय राज गर्नुभयो ।

१९८९–२०१२ सम्म करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष अभिनयबाट टाढा रहनुभयो । क्यान्सर रोगलाई जितेर सन् २०१७ देखि पुनः फिल्मी क्षेत्रमै सक्रिय बनेकी मनिषाले अभिनय गरेको हिन्दी फिल्म ‘सञ्जु’ बलिउड बक्स अफिसमा ब्लक बस्टर सावित भएको छ । फिल्ममा उनले सञ्जय दत्तकी आमानरगिसको भूमिका निभाउनु भएको थियो ।

सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । हाल उहाँ आमाबाबु सुष्मा र प्रकाश कोइरालासँग बस्दै आउनु भएको छ । पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादमा मनिषाको भनाइले चर्चा पायो । उनले सीमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति भारतीय नागरिकहरूले उनको चर्को आलोचना गरे । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा रहनु भएको थियो ।