Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना देखिएपछि कालिकाेटमा निषेधाज्ञा

सुर्खेत ।

प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिपछि कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ ।
आज (शुक्रबार) रातिदेखि लागू हुने गरी राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो ।

आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठले पाँच दिनका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएको कालिकोटको नाग्म बजारक्षेत्र सिल गरिएको छ । कर्णालीका दश जिल्लामध्ये सुर्खेतको वीरेन्द्रनगर, दैलेख, मुगु र हुम्लामा पनि निषेधाज्ञा जारी छ ।

जुम्लामा अनिश्चितकालिन, मुगुमा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।