Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

नेपालगन्ज शहर झिलिमिली हुन्छ : पुर्व मन्त्री राई

नेपालगन्ज |

नेपालगन्ज उपमहानगरपालिका दुई महिनाभित्र झिलिमिली शहरको रुपमा परिचित हुने भएको छ । पूर्वशहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले हाइमास्ट लाइटको शिलान्यास उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकालाई २ महिना भित्र झिलिमिली हुने उद्घोष गर्नुभएको हो ।


शहरी विकास तथा भवन डिभिजन विभागको संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिमा पूर्वसहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई रहनुभएको थियो । मन्त्री हुँदा नै नेपालगन्जलाई रातमा झिलीमिली पार्ने हाइमास्ट जडान गर्ने आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो ।

उहाँले भन्नुभयो , ‘अघिल्लो वर्षको बजेटमै ठेक्का भए पनि कोरोनाका कारण काम गर्न गाह्र्रो भएका कारण ठेक्काको म्याद ६ महिना थपेर अहिले काम धमाधम भैरहेको जानकारी गराउनुभयो । मन्त्री हुदा राईले नेपालगन्जमा ३९ वटा र कोहलपुर नगरपालिकामा १३ वटा हाइमास्ट जडान गर्ने कार्यक्रम स्विकृत गरिएको जानकारी गराउनुभयो । मन्त्रीलाईले नेपालगन्ज उपमहानगरपालिका भित्र उपयुक्त स्थानमा जडान हुन नसकेको हुनाले दुख लागेको समेत जानकारी गराउनुभयो । मापदण्ड भित्र जडान हुन पर्ने लाइट नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो तरिकाले जडान प्रक्रिया सुरु गरेको उहाँले जानकारी गराउनुभयो ।

संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विजयकेशर खनालले हरेक वडामा कम्तीमा एक एक वटा पर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाका ३९ स्थानमा हाइमास्ट जडान भइरहेको बताउनुभयो । २०७६ सालमा नेपालगन्जका हरेक वडामा जडान गरिने गरि सम्झौता भएको निमित्त प्रमुख खनालले जानकारी गराउनुभयो । हाइमास्ट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको उहाँले जानकारी गराउनुभयो ।

२ महिनाको अवधीमा अव नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका झिलिमिली शहर देखिने उहाँले जानकारी गराउनुभयो । स्थानहरु उपमहानगरपालिकाले छनोट गरेर दिएको हो । चोक र बस्ती भएको स्थानलाई लक्षित गरेर जडान हुँदैछन् । नेपालगन्जमा ३९ र कोहलपुरमा १३ वडामा जडान हुने लाईट नेपालगन्जको धम्बोझी, विपी चोक, गणेशमान चोक, भन्सार, पुष्पलाल चोक, बाटिका होटल अगाडी, सेतु विक चोक, त्रिबेणि मोड, त्रिभुवन चोक लगायतका चोकमा राख्ने जनाएको छ ।