Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प

मुगु ।

स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प भएका छन् । स्वास्थ्य सेवा सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजेटिभ भेटिए पछि जिल्ला अस्पताल मुगुमा मंगवार (आज) देखि आकस्मिक बाहेकका अन्य सबै सेवा एक हप्ताका लागि ठप्प गरेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयलका अनुसार स्वास्थ्य कार्यालयमा कोरोना पोजेटिभ भेटिए पछि जिल्लामा संक्रमण नफैलियोस भनेर अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै १ हप्ताका लागि बन्द गरेको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य कर्मी चिकित्सक नर्स, अनमी र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार सुरु भईरहेको नेपालीले जानकारी दिए । कोरोना महामारी फैलिन नदिन एक साताका निम्ति गमगढी बजारमा निषेधाज्ञा जारी भएको छ ।