Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा थपियो भेन्टिलेटर र आइसियु

सुर्खेत ।

कर्णाली प्रदेशमा भेन्टिलेटर र आइसियुको संख्या थप गरिएको छ । संक्रमणको दरलाई मध्यनजर गर्दै भेन्टिलेटर र आइसियु थप गरिएको हो । प्रदेशभर ९ वटा भेन्टिलेटर र २२ वटा आइसियु थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस अघि प्रदेशभर भेन्टिलेटरको सख्या १७ रहेको थियो भने आइसियुको संख्या ४० रहेको थियो । यो सँगैै प्रदेशभर भेन्टिलेटरको सख्या २६ पुगेको छ । आइसियुको संख्या भने ६२ पुगेको छ ।


बढ्दै गएको कोरोना संक्रमणको दर र बिरामीको सम्वेदनशीलता हेरेर भेन्टिलेटर र आइसियुको संख्या थप गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए । प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि उपकरणहरु थप गर्दै लगिएको मन्त्री रावलको भनाई छ । भेन्टिलेटर र आइसियुकै अभावका कारण विरामीको मृत्यु नहोस भन्नका लागि भेन्टिलेटर र आइसियु थप गरिएको हो । प्रदेशका दशवटै जिल्ला अस्पतालबाट भेन्टिलेटर र आइसियुको सेवा उपलब्ध हुने भएको छ ।

यो सँगै जिल्ला अस्पताल दैलेखमा २ भेन्टिलेटर र ५ आइसियु सख्या रहेको छ । जिल्ला अस्पताल जाजारकोटमा १ भेन्टिलेटर २ आइसियु, जिल्ला अस्पताल सल्यानमा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल रुकुम पश्चिमा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल हुम्लामा २ भेन्टिलेटर र ५ आइसियु, जिल्ला अस्पताल मुगुमा १ भेन्टिलेटर र २ आइसिय, जिल्ला अस्पताल कालिकोट २ भेन्टिलेटर ५ आइसियु सख्या रहेको छ ।


यसका साथै प्रदेश अस्पताल सुर्खेतमा १० भेन्टिलेटर र २५ आइसियु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ भन्टिलेटर १० आइसियु, चौहरजहारी अस्पताल रुकुम पश्चिममा ४ वटा आइसियुको सख्या रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अस्पतालको आइसियुमा राखेर हालसम्म ६ जना कोभिड १९ का बिरामीलाई उपचार गरिएको प्रदेश अस्पतालका डाक्टर प्रदिप न्यौपानेले बताए । उनका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भयो भने ५ जना उपचार पछि डिस्चार्ज भैसकेका छन् । हालसम्म भेन्टिलेटमा भने कसैलाई राख्न परेको छैन ।