Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

विनोद चौधरीलाई कोरोना सङ्क्रमण

काठमाण्डौ ।

नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ ।

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।