Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

चाैघरेका ४ कृति एकसाथ बिमाेचन

सुर्खेत | 
साहित्यका अधिकांश बिधामा कलम चलाउने बहुप्रतिभाशाली व्यक्तित्व गीतकार एवं संगीतकार र गायक भुवन शिवाकोटी ‘चौघरे’ का एकल शब्द संगीत गायनका तीन गीति एल्बम राष्ट्रिय गीत छातीमा देश बोक्नेहरू, एक धर्काे सिन्दूरमा साँटिने यो जिन्दगी के छ र, मेरो हजुरलाई दोहोरी गीत र सातौं प्रकाशित कृति ‘छरिएका पाइला’ लघु विधाको हाइकु संग्रहको एक साथ विमोचन भएको छ ।

साहित्य बाटिका नेपालको जुम मार्फत भुवन शिवाकोटी चौघरेको एकल सिर्जनाको राष्ट्रिय गीत छातीमा देश बोक्नेहरूको अडियो सुनाएर विश्वव्यापि लोकार्पणका गरिएको थियो । कार्यक्रमका सभापति दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त हुनुहुन्थ्यो ।

प्रमुख अतिथि नेपाली हाइकु लेखनका अग्रज ब्यक्तित्व पुष्कर लोहनी तथा छरिएका पाइला हाइकु संग्रहका परिचर्चाकार डा. शैलेन्दु प्रकाश नेपाल हुनुहुन्थ्यो । प्रविधिमा आएको समस्याका कारण पुष्कर लोहनी र डा शैलेन्दु प्रकाश नेपाल बाहिरनु भएपनि कार्यक्रममा अग्रज साहित्यकारहरू क्रमशः डा. घनश्याम परिश्रमी, कलानिधी दाहाल , ठाकुर शर्मा भन्डारी, डा. यज्ञश्वर निरौला, डा. प्रदिप मैनाली, गायक एवं संगीतकार राम कार्कीले चौघरेद्वारा लिखित हाइकु संग्रह तथा गीतको अडियो लोकार्पण गरिएका पछि गीत संगीत र गायनको प्रंशसा गर्नु भएको थियो ।

साहित्कारहरू टिएन भट्ट बिश्वामित्र, अनुराग अरुण, रुद्र अधिकारी, रविन्द्र आशिस शैली, दुर्गा अधिकारी भ्रमरकोटे, देवकी तिमल्सिना समिक्षा, गायिका गंगा कार्की, पुस्तक प्रकाशक तथा गीति एल्वम निर्माता सुनिता शिवाकोटीले शुभकामना मनतव्य दिनु भएको थियो ।
कार्यक्रम कुशल प्रस्तोता एवं साहित्यकार बलराम दाहाल तथा भैरवी भूगोलले संचालन गर्नु भएको थियो । करिव २.३० घन्टासम्म संचालन भएको सो कार्यक्रम सर्जक चौघरेका गीति शब्द संगीत र गायनले धरै आकर्षक बनाएका थिए ।

साहित्य र गीत संगीतको बारेमा सर्जक भुवन शिवाकोटी ‘चौघरे’ ले सबैलाई धन्यवाद दिनुभएको थियो । अन्तमा सभापति राम प्रसाद पन्तले पुस्तक तथा बहुप्रतिभाशाली सर्जक चौघरको व्यक्तित्व परिचर्चा गर्दै पुस्तकमा संग्रहित केही हाइकु वाचन गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

संग्रहका केही हाइकुहरू

उधार्छ आँखा
हिमचुली वदन
सर्वागं तिम्राे

हेर भागेर
परेली नै जाेडेर
थुन्या छु प्रिय

अमुल्य रस
दुई थाेपा खसेर
माया निख्रिन्न

हेर ! सुमन
उत्तर आकाशमा
जाेडिए तारा

आगाेकाे ज्वाला
मुटु छिचोल्ने याद
लुकाऊँ कहाँ

रित्ताे खल्तीमा
भरिएकाे संझना
हेर्ने रहर

आँगन छेउ
परेवाले सिकायाे
प्रणयलिला

कत्राे हतार
फूल चुँडेर भाग्छन्
हुरी बतास

औंसीकाे रात
प्रेमकाे आँगनमा
राेपियाे जून

हिँउकाे पानी
नसम्झ कमजाेर
नेपाली मुटु

राती फक्रियाे
पारीजातकाे फूल
बिहानै झर्याे