Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा २४ घण्टाभित्र २६ थपिए

१३ जना संक्रमित डिस्चार्ज

सुर्खेत ।

पछिल्लो २४ घण्टाभित्र कर्णालीमा २६ जना कोरोना संक्रमित थपिएका छन् । भने १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार २२ र चाैजहारी प्रयोगशाला रुकुममा गरिएको पीसीआर परीक्षण अनुसार ४ जना गरी थप २६ जनामा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण पुष्टी भएको हो ।

२४ घण्टामा थपिएका २६ संक्रमित मध्ये ८ जना दैलेखका रहेका छन् । यस्तै सल्यानका ६, रुकुमपश्चिम र अछाम ४/४ जना र हुम्ला, बर्दिया, काठमाडाै‌ र राैतहडका १/१ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । भने पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७१ पुगेको छ ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २४ सय २ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय १० रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ५६ हजार ३ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

3Shares
facebook sharing button Share