Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न शास्त्रसम्मत् हुन्छ कि हुदैन?

काठमाडाैं ।

प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ ।

यस वर्ष विश्वव्यापीरुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञालगायत विधि अपनाइएको छ ।

श्राद्धका लागि कर्ता ९गर्ने मानिस०, ब्राह्मण ९गराउन जान्ने मानिस० र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

चाडपर्व यज्ञयगादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवंगत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा निषेधाज्ञा त कतै बन्दाबन्दी छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान ९श्राद्धकर्ता० का घरमा जान सक्ने वातावरण पनि छैन । विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला शहरमा यो समस्या छ ।

आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीयरुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सूचनासमेत जारी गरेका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताउनुहुन्छ । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न मिल्दैन ।

“श्राद्धकर्ता आफैँ जान्ने भए भाञ्जा, ज्वाइँलगायतलाई राखेर श्राद्ध गर्न सक्छन्, नजान्ने भए दूरी कायम गरी ब्राह्मणलाई बोलाएर श्राद्ध गर्नुपर्छ, कर्ताले श्राद्ध विधि नजानेको भए विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसले बनाइदिन्छ रु श्राद्धमा कुशबाट बनाइने पवित्र, मोटक, ऋषिका रुपमा स्थापना गरिने कुशको ब्राह्मणको आवश्यकता पर्छ, यो नभई विधिपूर्वक श्राद्ध हुन सक्दैन, यसरी श्राद्ध गर्न नसकिने भए शास्त्रले निर्धारण गरेको विकल्पमा जानुपर्छ”( उहाँले भन्नुभयो ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा।डा। गौतम बताउनुहुन्छ ।

यस वर्ष आगामी असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले बताउनुभयो ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा।डा। देवमणि भट्टराई पनि विद्युतीय माध्यमबाट गरिने सोह्रश्राद्ध शास्त्रसम्मत् हुन नसक्नेमा जोड दिनुहुन्छ ।

भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने उहाँको मत छ । श्राद्धको बीचमा ब्राह्मणको हातबाट श्राद्धकर्तालाई टीका लगाइदिनुपर्ने विधि हुन्छ, विद्युतीय माध्यमबाट श्राद्ध गराउँदा यो विधि पूरा हुन सक्दैन( उहाँले भन्नुभयो ।

धर्मग्रन्थ ‘धर्मसिन्धु’ मा उल्लेख भए अुनसार मङ्सिर सङ्क्रान्तिसम्म जुराएर सोह्रश्राद्ध गर्न सकिन्छ । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी दिनुभयो ।

विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विकल्प अहिलेको जस्तै महामारी, प्राकृतिक विपत्तिलगायत समयका लागि दिइएको हो ।

भर्चुअल विधिबाट श्राद्ध गराउँदा कुश बनाइदिने, हस्तक्रिया गराउने र सामुन्नेमा बसिदिने अर्को ब्राह्मण भएमा भने गर्न सकिने उहाँले बताउनुभयो ।

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं पूर्व नायब बडागुरुज्यू प्रा।डा। माधव भट्टराई सोह्रश्राद्ध प्रत्येक वर्ष गरिने नित्यकर्मभित्र पर्ने भएकाले पुरोहितहरूबीचको सम्पर्कबाट कर्ताको घरनजिककालाई बोलाउने व्यवस्था गरेर काम चलाउन सकिने बताउनुहुन्छ । श्राद्धमा पुरोहित भने अनिवार्य हुनुपर्ने उहाँको मत छ ।

“पिण्ड, पानी लोप हुन दिनु शास्त्रीय मतका आधारमा उपयुक्त हुँदैन, गर्दै नगर्नुभन्दा सकेसम्म विधि पुर्याएर भर्चुअल विधिबाट पनि गर्न सकिन्छ, धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा परिस्थितिवश श्राद्धलगायतका क्रिया गर्न नसकिए एक अञ्जुली जल लिई सूर्यतिर फर्किएर पितृलाई सम्झिएर मैले यसवर्ष यसकारण श्राद्ध गर्न सकिन, नरिसाउनुस् भन्दा चित्त बुझाउने वाक्य रहेको छ”( उहाँले भन्नुभयो । रासस