मालपोत कार्यालय सुर्खेतको सेवा परिवर्तन
सुर्खेत ।
मालपोत कार्यालय सुर्खेतले आफ्नो सेवा परिवर्तन गरेको छ । कोरोना भाइरसका कारण अत्याधिक भीडभाड हुने भएकोले भीडभाड कम गर्नका लागि मालपोत कार्यालय सुखेृतले आफ्नो सेवा परिवर्तन गरेको जनाएको छ ।
परिवर्तित सेवा अनुसार भेरीगंगा नगरपालिका, लेकबेसी नगरपालिका, चिङ्गाढ, बराहताल गाउँपालिका,चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका सेवाग्राहीरुलाई हप्ताको दुईदिन आइतबार सोमबार सेवा दिने भएको छ ।
यसैगरि वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ५, ६, ७, ८, १३, १४, १५ र १६, का सेवाग्राहीहरुलाई हप्ताको दुई दिन मंगलबार र बुधबार तथा वडा नं. २,३,९, १०, ११ र १२ का सेवाग्राहीहरुलाई हप्ताको दुई दिन विहीबार र शुक्रबार सेवा दिने भएको छ ।
यसका साथै दैनिक ५० वटा मात्र टोकन लगाउने र सोही बमोजिम कार्यसम्पादन गर्ने मालपोत कार्यालय सुर्खेतले जनाएको छ ।







