सुनको भाउ पुनः उकालो लाग्यो
सर्खेत ।
पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ ।भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि भएको छ ।
महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० पुगेको छ । सोमबार छापावाला सुनको मूल्य रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेर एक हजार ३९५ पुगेको छ ।
शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला रु ९७ हजार २०० र सोमबार रु ९७ हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।






