हुम्लाको सर्केगाड गाउँपालिकाको ठूलाे गाउँमा आगलागी
सुर्खेत ।
हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर ७ राडिकोटको ठूला गाउँमा आगलागी भएको छ । आगलागीबाट १२ घर जलेको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताएका छन् ।
‘मलाई केही बेर अघि जानकारी आएको हो । प्रहरीसहितको टोली त्यसतर्फ जाँदैछौं’ उपाध्यक्ष धामीले भने, ‘आगलागीबाट १२ घर जलेका छन्, आगो नियन्त्रणमा लिन स्थानीय खटिए पनि आगो अझैं नियन्त्रणमा लिन सकिएको छैन । आगलागीको कारण खुलेको छैन् ।’
ठूला गाउँमा झण्डै डेढसय घरधुरी रहेको पनि जोशीको भनाइ छ । आगलागी भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय सर्केगाडबाट प्रहरी घटनास्थल हिँडेको धामीले जनाए । आगलागी भएको ठाउँ जान प्रहरीलाई कम्तीमा तीन घण्टा लाग्ने धामीको भनाई छ ।






