Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा ९५ जना कोरोना संक्रमण पुष्टि

सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुखैृतका १७ जना, जुम्लाका २ जना, जाजरकोटका २ जना, दैलेखका ५ जना, कालिकोटका १ जना, बाँकेका ४ जना, बर्दियाका १ जना, बझाङका १ जना, दार्चुलाका १ जना कैलालीका २ जना र दाङका १ जना गरि ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ३७ जना र कालिकोटका २१ जना गरि ५८ मा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ५५१ पुगेको छ । त्यसमध्ये पछिल्लो २४ घण्टामा ६ जना कोरोनाबाट निको भएका छन् । यससँगै कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या २ हजार १२५ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ६ जनाको भने मृत्यु भइसकेको छ ।