Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

‘जड्याहा कार्ड’ लागु गर्दै चौरजहारी नगरपालिका

सुर्खेत ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जड्याहा कार्ड लागु गर्ने भएको छ । आलू ओषध निषेध, मदिरा तथा सूर्तिजन्य पदार्थको नियन्त्रण सम्बन्धि निर्देशिका २०७७ अनुसार नगरपालिकाले जड्याहा कार्ड लागु गर्न थालेको हो ।


मदिरा विक्री वितरणका लागि समेत अनिवार्य रुपमा अनुमितपत्र लिनु पर्ने नगरपालिकाले जनाएको छ । मदिराको विक्रीवितरण गर्दा बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र गर्न पाइने र शनिबारको हकमा भने ४ बजेदेखि ७ बजेसम्मको समय छुट्याइएको छ । मदिरा विक्रीकर्ताहरुले अनिवार्य रुपमा अन्तःशुल्क टिकट टाँसेको मदिरा मात्र विक्री गर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरि मदिराजन्य पदार्थको आयात गर्दा नगरपालिकाले तोकेको स्थानमा कानून बमोजिमको स्वास्थ्य सेवा शुल्क वापतको रकम दाखिला गर्नु पर्ने जनाएको छ । नगरपालिकाले यही भाद्र १८ गते प्रकाशित गरेको सूचनाको (च) मा जड्याहा कार्ड प्राप्त व्यक्तिले तोकिएको समयमा तोकिएको परिमाणमा मदिरा सेवन गर्न पाउने उल्लेख गरेको छ । यसैगरि बुँदा (छ) मा मदिरा बिक्री वितरण गनेृ व्यक्रिले मदिरा किन्ने व्यक्तिको तीन पुस्ते विवरण बनाई दैनिक रुपमा सार्वजनिक गर्नुका साथै नगरपालिकाको टोलीले हेर्न चाहेमा अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ । अब चौरजहारी नगरपालिकामा जड्याहा कार्ड नभएकाहरुले मदिरा सेवन गर्न पाउने छैनन् । यदि कार्ड विना मदिरा सेवन गरेमा नगरपालिकाको निर्देशिका बमोजिम कारवाही भोग्नु पर्नेछ ।

सार्वजनिक स्थलको ५ सय मिटर बाहिर नगरपालिकाले तोकेको स्थानमा मात्र मदिराको कारोवार गर्नुपर्ने नगरपालिकाले बताएको छ । मदिराको कारोवा गरेको कारण सम्बन्धित स्थलका सर्वसाधारण जनता, महिला र बालबालिकाहरुमा कुनै पनि असर नपर्ने र असर परेमा सो को सम्पूर्ण जिम्मेवारी स्वयम् व्यावसायीले लिइ सोको क्षतिपूर्ति समेत व्यहोर्नु पर्नेछ ।

मदिरा विक्रीका लागि अनुमति, दर्ता तथा नविकरणको लागि वार्षिक न्यूतम एक लाख शुल्क बुझाउनु पर्ने र स्वास्थ्य सेवा शुल्कका हकमा मदिरा वियर प्रति कार्टुन रु ५० र अन्य मदिरा प्रति कार्टुन रु १०० तोकिएको छ । अनुमित लिएपनि शर्तहरु पालना नगरेको खण्डमा जुनसुकै समयमा पनि अनुमति रद्द गर्न सकिने नगरपालिकाले जनाएको छ ।