जुम्लाका सीडीओलाई कोरोना संक्रमण
सुर्खेत ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ ।
प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।







