Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

नयाँ शक्ति र साझा पार्टीको माग : डा. केसी माथिको अघोषित प्रतिवन्ध हटाउ

सुर्खेत ।

साझा पार्टी र नयाँ शक्ति पार्टी, नेपालले प्राडा. गोबिन्द केसी माथिको अघोषित प्रतिबन्ध हटाउन माग गरेका छन् ।

डा. केसीलाई राज्यले होटेल बाहिर निस्कन नदिएको, औषधि किन्न नदिएको र उनलाई सेवा गर्न रोक लगाइएका समाचारहरु आइरहेका छन् । डा. केसीले कर्णाली प्रदेशमा एमबिबिएस पढाइ यथासिघ्र सुचारु हुनुपर्नेदेखि अन्य चिकित्सा सुधारका माग राखेर अनशन बस्ने तयारी गरेका कारण सरकारले रोक लगाउने प्रयास गरिरहेको छ । यद्यपि डा.केसीले आफ्नो अनशन स्थगित गरेका छन् ।

शुक्रबार साझा पार्टी कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल र नयाँ शक्ति पार्टी, नेपालका संयोजक रवि किरण हमालले बिज्ञप्ती जारी गर्दै सरकार नागरिक स्वतन्त्रतालाई कुण्ठित गरेर अधिनायकवाद तर्फ लागेको आरोप लगाएका छन् । बिज्ञप्तीमा तत्काल डा.केसी माथीको अघोषित प्रतिबन्ध नहटाए प्रतिवाद गर्ने चेतावनी दिइएको छ ।

उनीहरुले कर्णाली प्रदेशका विकट जिल्लामा सेवा गर्न आएका डा. केसीलाई कर्णालीबासीको तर्फबाट आभार समेत व्यक्त गरेका छन् ।

नागरिक खबर