Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

नेकपा पञ्चपुरीको पार्टी कार्यालय बनाउन जग्गा दान

सुर्खेत |

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटि पञ्चपुरीको पार्टी कार्यालय भवन निर्माणका लागि निशुल्क जग्गादान प्राप्त भएको छ । भाद्र १९ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटिको चौंथो पूर्ण बैठक मा पञ्चपुरी नगरपालिका ५ का समाजसेवी खगिराम रामजाली र नैना रामजालीले स्वर्गिय पिता पदम बहादुर रामजाली र स्वर्गिय माता कौशिला रामजालीको स्मृतिमा १९८ बर्गमिटर क्षेत्रफल भएको जग्गा दान गर्नभएको हो ।


हाल बन्दै गरेको पञ्चपुरी नगरपालिकाको कार्यालय भवनसंगै (पुरानो सेवा केन्द्र) जोडिएको पूर्व पट्टीको १९८ बर्गमिटर क्षेत्रफल भएको जग्गा हाल करिब ३० लाख रुपैया बजार मूल्य रहेको छ ।

नेकपा पञ्चपुरी नगर कमिटिका सदस्य तथा पञ्चपुरी ५ का वडा अध्यक्ष होम बहादुर रामजालीको विशेष पहलमा जग्गा उपलब्ध गराइएको हो । बैठकमा जग्गा दाता लाइ सम्मान गरिएको छ । यता नेकपा नगर कमिटीले भवन निर्माणको केही दिनमा शिलान्यास गरिने नगर कमिटिका सदस्य होम बहादुर रामजालीले जानकारी दिनुभएको छ ।