Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

रैनादेवी माविले टोल–टोलमा शिक्षक पठाउँदै

सुर्खेत ।
रैनादेवी माध्यमिक विद्यालय टाटामाखु दैलेखले टोल–टोलमा शिक्षक पठाउने भएको छ । लामो समयदेखि कोरोना भाइरसका कारण अवरुद्ध भएको पठनपाठनलाई वैकल्पिक शिक्षण क्रियाकलापको रुपमा टोल–टोलमा शिक्षक पठाएर गर्न लागिएको विद्यालयका प्रधानाध्यापक सन्तबहादुर खड्काले जानकारी दिनुभयो ।


प्र्रधानाध्यापक खड्काका अनुसार यही भाद्र २३ गतेदेखि राइलीटोलको त्रिपानी प्रा.वि. केन्द्रमा प्रेमबहादुर विष्ट, पानीपोखरी टोलको पानीपोखरा केन्द्रमा नन्दबहादुर विष्ट, महावैथान टोलको महावैथान केन्द्रमा पूर्णप्रसाद अधिकारी, जाम्ने सल्लेरी टोलको जाम्ने बालविकास केन्द्रमा रमेश सिंह ठकुरी, माखुटोल (क) टोलको टाटामाखु विद्यालय केन्द्रमा चन्द्र कुमारी जि.सी., माखुटोल (ख) टोलको टाटामाखु विद्यालय केन्द्रमा शिवराज आचार्य, टाटाखौले टोलको झरना प्रा.वि. केन्द्रमा बाल कु. मल्ल, चौवारी टोलको शिव बालविकास केन्द्रमा भद्र बहादुर सिंह र जुफियाँ थाली टोलको चदरीकुना पिपल चौतारा केन्द्रमा टोपबहादुर खड्कालाई वैकल्पिक शिक्षण क्रियाकलापका लागि पठाउने निर्णय गरिएको छ ।

तोकिएका केन्द्रहरुमा २ जना शिक्षकहरु पठाइने र ती शिक्षकहरुले कोरोना महामारी सम्बन्धि सचेतना समेत फैलाउने, विद्यार्थीहरुलाई स्वअध्ययन गर्न लगाउने, गृहकार्य दिने र सो गृहकार्यको मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक खड्काले बताउनु भयो ।
उक्त केन्द्रहरुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालय प्रशासनले अनुगमन गरिने समेत जनाइएको छ । विद्यालयका शिक्षक र कर्मचारीहरुको बैठकले उक्त वैकल्पिक शिक्षण क्रियाकलाप गर्न थालिएको प्रधानाध्यापक खड्काको भनाई छ ।