Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

खेम सिंहले मेरो चरित्र हत्या गर्ने काम गरे: कृष्णकला शाही

कालिकोट।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी सचिवालय सदस्य कृष्णकला शाहीले अर्का सचिवालय सदस्य खेमबहादुर सिंहको षडयन्त्रका कारण आफ्नो चरिरत्र हत्या गरिएको स्पष्ट पारेकी छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकिय सचिव सिंहले आफ्नो लोकप्रियतालाई सिध्याउनका लागि आफूमाथि षड्यन्त्र गर्न लागेको बताएकी छन्।

केही समय पहिले शाहीमाथि महाबै गाउँपालिकाको लेटेर प्याड, प्रशासकीय अधिकृतिको हस्ताक्षेर गरेर आर्थिक चलगरेको आरोप लागेका समाचार प्रकाशित भएका थिए।

उनले उक्त समाचार प्रकाशित भएको केही समयपछि सोमबार समाचारको खण्डन खर्दै केही अन्य नेताको नाम तोकेर आफूमाथि षड्यन्त्र रचिएको दाबी गरेकी छन्।