वीपी जयन्तीका ३ दिने कार्यक्रम : फरक दिन, फरक नेता, फरक विषय
सुर्खेत ।
जननेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती बुधबार तथा यहि साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैछ। कार्यक्रम मनाउन जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकिएको काङ्ग्रेसले जानकारी दिएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।
उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो।
कोरोना प्रतिकुलताबाट सुरक्षीत रहंदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दुरि र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ । राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहनेछन् ।
केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ । श्ययm मार्फत हुने कार्यक्रमको समय, बिषय र वक्ता बारे जानकारी प्रेस नोट द्वारा गराइएको छ।
वीपी जयन्ती विशेष ३ दिने केन्द्रीय कार्यक्रमको समय र वक्ताहरु
वीपी जयन्ती विशेष ३ दिने केन्द्रीय कार्यक्रम अन्तर्गत भदौ २४ गते अपरान्ह १ बजे वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो
बिषयक विचार गोष्ठी रहनेछ जहाँ सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ।यसको संयोजन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले गर्ने छ।
त्यस्तै भदौ २५ गते अपरान्ह १ बजे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदान बारेमा बिचार गोष्ठी रहनेछ जहाँ उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरु हरु वक्ताका रुपमा रहनुहुनेछ।यो कार्यक्रमको संयोजन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ले गर्नेछ र अन्तिम दिन भदौ २६ गते अपरान्ह १ बजे विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति बिषयमा बिचार गोष्ठी रहनेछ जहा वक्ताहरुको रुपमा बौद्धिक चिन्तकद्वय नरहरी आचार्य र प्रदीप गिरि रहनुहुनेछ भने संयोजन सूचना, संचार तथा प्रचार विभागले गर्नेछ।






