Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा २८ संक्रमित थपिए

सुर्खेत |

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिएका छन् । बुधबार कर्णालीका विभिन्न स्थानमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम ४, सल्यानका २ र दैलेखका २ जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका १-१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १४ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीभर डिस्चार्ज हुने २ हजार ३ सय ५४ जना रहेका छन् । प्रदेशभर सक्रिय संक्रमित ३ सय ५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।