Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

आज विश्व आत्महत्या रोकथाम दिवस

शारीरिक,मानसिक,व्यबहारिकका र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ। हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेको, देशको विभिन्न ठाउहरुबाट निरन्तर आइरहने यो दुखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ।
World Suicide Prevention Day 2020 Special Story - विश्व आत्महत्या रोकथाम दिवस आज, जीवन है अनमोल, इसको न समझें कोई खेल | Patrika News
यसवर्षको अवस्था अत्यन्त पृथक र विषम छ, हामी अधिकतम यस ग्रहवासीहरु घरका चार भित्ताहरु भित्रबाटै संसार नियाल्दै छौं, मास्कभित्र लुकेका अनुहारमा अनेक तृष्णा, वितृष्णा, भय अनि त्रासहरु होलान्, अन्यवर्षहरुका तुलनामा यस वर्ष विश्वभरिनै मानिसहरुमा मनोसामाजिक समस्या अनि आत्महत्याको दर बढेर गएको छ । चैत्रवाट शुरु भएको लकडाउन, शिल्ड अनि आवागमनका रोकटोकले घरभिज्ञ सिमीत भएका नेपालीजनहरुको आजसम्मको डाटा हेर्दा मात्र पनि २२०० बढिले आत्महत्या गरिसकेका छन् । यस वर्षको आत्मत्या रोकथाम दिवसमा संवाद, भावना बाँढ्ने थलो अनि मनका बहहरुलाई फुकाउने नयाँ थलोका बारेमा पैरवी गरिन जरुरी छ । इन्टरनेटले मान्छेले मान्छेलाई विश्वसंग जोडको त छ तर फेरि मान्छेलाई आँफैंसग एक्लो पनि बनाइरहेको छ है, सन्तुलन जरुरी छ ।

हरेक वर्ष विश्वभरि ८ लाख मान्छेले आत्महत्या गर्ने सरदर तथ्याकं भएपनि यसवर्ष त्यो बढेर चुुलिने सबैको आँकडा छ, हरे.क ४० सकेण्डमा एकजना मान्छेले विश्वको कुनै कुनामा आत्महत्या गर्दछ, के यो भयानक तथ्य हैन र ?

कुराहरु बाँढ्ने, सकारात्मक कुराहरु हेर्न अनि सोच्ने र नियमित व्यायामलाई विशेष प्रार्थमिक्ता दिँदै धुम्रपान, मधपान र अन्य लागुऔषधहरुको प्रयोगमा आजै देखि सकेसम्म बन्द गरौं नत्र पनि सकेसम्म कम गरौं । अरुको कुरा सुन्न र आफ्नो कुरा सुनाउन जरुरी छ । ठूला ठूला ब्यापारी देखि सेलीब्रटीहरुसम्म पनि यस आत्महत्याको सोचको चपेटामा परेका हुन्, अन्य रोग र समस्याजस्तै यस मनोवृतिसंग पनि हामी सबै मिलेर लड्नु शिवाय कुनै बिकल्प छैन । श्वाँसमा अनि जीवनमा विश्वास जरुरी छ ।

त्यसैले,आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल मनोचिकित्सक संघले माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्या विरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्दछ। विश्व स्वास्थ्य संगठन (WHO) को अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

थुप्रै मानिस हरुको आत्महत्याको कारण दुख खप्न नसकेर भनेर भनिने गरिन्छ। खासमा दुख बिनाको जीवन छिट्टै नै खल्लो हुदै जान्छ। सुख दुख जीवनका दुइ पाटा हुन्, मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुगदछ। मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जादैछन। यस किसिमका व्यक्तिहरुलाई भने इनका आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्दछ।

नेपाल जस्तो देशमा भने आर्थिक समस्यापनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ। ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले देहत्याग गरेका छन्। कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्न पाइन्छ , कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो वेइज्जत भएपछी समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन्। कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त। यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन।

आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो। जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला। सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन।

सास प्रति विश्वास राखौ।

हाम्रो पात्रोबाट