Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आज प्राथमिक उपचार दिवस

हामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने नाराका साथ आज प्राथमिक उपचार दिवस मनाइदैछ । दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय हुछन् तैपनि मानिसले यस्ता घटनाहरु घट्न नदिन सक्दैनन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलाई कम गर्न सकिन्छ, दूर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।

दूर्घटनाहरु अस्पतालको दैलोमा हुन्छ त रु प्राथमिक उपचारले हामीलाई दूर्घटनामा परेका अञ्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाउँदछ ।प्राथमिक उपचार जानेका दक्षहरूको सख्यां समूदायमा बढ्नाले हाम्रो समूदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ । अझ नेपाल जस्तो बिकासोन्मुख देश जहाँ स्वस्थ उपचारका उपलब्धता समान, सरल छ सहज छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ । दूर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिमलाई भने न्यून गर्न सक्दछ ।

दूर्घटना र यूद्धका घाईतेहरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ । प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञानहरू प्राप्त गर्न सक्दछौं । थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जीवजन्तूहरूबाट हुने आक्रमण अनि सर्पदंशका घाईतेको ज्यान जोगाउने जस्ता सीपहरु यसभित्र पर्दछ ।

कारखाना, गाडी, कार्यालय, विद्यालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं तत्काल उपचारका बाकसहरु महत्वका साथ राखिन्छ । कुनै अप्रिय घटना या दूर्घटना घटेमा प्राथमिक उपचारहेतू उपचार साम्रगीहरु यसमा राखिन्छ । सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतिहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ । आकस्मिक बिरामी परिएमा या दूर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन् ।

सन् २००० बाट अर्थात् सह श्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।

बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।

जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।
अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना । हाम्रो पात्रोबाट