Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

दैलेखमा प्रदेश लेखा इकाई कार्यालय उद्घाटन

सुर्खेत ।
दैलेख जिल्लामा प्रदेश लेखा इकाई कार्यालयको औपचारिक उद्घाटन भएको छ । प्रदेश सरकारले प्रदेशका सुर्खेत बाहेक ९ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय बमोजिम उक्त कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।

Image may contain: one or more people and people standing
एक औपचारिक कार्यक्रमका बीच कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कर्णाली प्रदेशका कृषि मन्त्री बिमला के सी, प्रदेश सांसद अम्मर बहादुर थापा, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखहरु, दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, सुरक्षा निकायका प्रमुखहरु साथै कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आजैदेखि कार्यालयले सेवा प्रवाह सूचारु गरेको प्रदेश लेखा इकाई कार्यालय दैलेखका प्रमुख हरिबहादुर थापाले जानकारी दिनुभयो ।

Image may contain: one or more people and people standing, text that says '. कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश लेखा इकाई कायाद दैलेख'