Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

थपिए ११ सय ७० कोरोना संक्रमित

१५ जनाको मृत्यु

काठमाडौँ।

नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म कुल सङ्क्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । पछिल्लो चौबीस घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा  देशभर १५ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।