Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

अनलाईन अभियान सम्पन्न

सुर्खेत ।

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सञ्चालन भएकोे वालविवाह विरुद्ध मेरो संकल्प विषयक १ हप्ते अनलाईन अभियान सम्पन्न भएको छ । भदौ २३ गतेदेखि २९ गते सम्म सञ्चालन भएको उक्त अनलाईन अभियान सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र आवाज संस्थाको संयुक्त आयोजनामा संचालन भएको हो । अनलाईन अभियानमा विशिष्ट व्यक्तिहरु देखि सर्वसाधारणले सहभागिता देखाएका थिय । देशभरीका विभिन्न राजनितिक दलका नेता, जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, शिक्षक, विद्यार्थी र समुदायका नागरिकहरुले प्रत्यक्ष रुपमा बालविवाह विरुद्धको आफ्नो संकल्प सहित करिब ५०० जनाको सहभागिता भएको थियो ।
उक्त अनलाईन अभियानमा ऐक्यवद्ध हुन सबैलाई आव्हान गर्दै मुख्यमन्त्री शाहीले ‘जिवनको जग भनेका बालबालिका हुन, यो जग मजबुत बनाउन आवश्यक छ । यो जग मजबुत बनाउनको लागि हाम्रो समाजको चुनौतीको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्न सक्नु पर्दछ’, ‘यसको अन्त्यको लागि आफ्नो ठाउँबाट नै सुरु गर्नु पर्दछ ।’ भनी बताएका छन् ।

उक्त कार्यक्रम मार्फत कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्नो बालविवाह विरुद्धको संकल्प गर्दै सबै यस कार्यक्रममा जोडिन आह्वान गरेका छन् । उक्त अभियानमा भाग लिँदै नेकपा कर्णाली प्रदेश सह–ईन्चार्ज मा. यामलाल कँडेलले बालविवाह विरुद्ध व्यापक रुपमा सचेतना मुलक अभियानका कार्यक्रम गर्नु पर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ का कारणले बालबालिकाका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्न नपाइएको सन्दर्भमा अनलाईन अभियानले सहयोग पु¥याउने विश्वास आयोजक सामाजिक विकास मन्त्रालयको छ ।

कोभिड–१९ को कारणले औपचारिक रुपमा कुनैपनि कार्यक्रमहरु हुन नसक्दा पनि अनलाईन मार्फत नै सचेतना मुलक कार्यक्रम संचालन हुनु सकरात्मक र कर्णाली प्रदेशमा पनि राष्ट्रव्यापी बालविवाह विरुद्ध अभियान संचालन हुनु सुखद् रहेकोे राष्ट्रिय महिला आयोग की सचिव श्री शान्ता भट्टराईले बताईन ।

अनलाईन अभियानको समापन कार्यक्रममा आफ्नो विचार राख्दै सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञावलीले एकल रुपमा अभियानमा सञ्चालन गर्न नसकिने र अभियान सञ्चालन गर्नका लागि सबैको सहयोग र समन्वयको आवश्यक रहेको बताएकी छन् ।

‘आजका बालबालिकालाई विश्व मानव जनशक्ति उत्पादन गर्ने हिसावले लगानी गरेर समृद्ध कर्णाली–सुखारी कर्णालीबासीको दीर्घकालीन सोच पुरा गर्न सकिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले बताएका छन् ।
वालविवाह विरुद्धका अभियान्ता चेतन गिरीले यो कार्यक्रमबाट विद्यार्थी, अभिभावक, अगुवा, बौद्धिक वर्ग देखी नीती निर्माता र कार्यान्वयन गर्ने पक्षको संलग्न भएकोले बाल विवाहको मुद्धा आगमी दिनमा संवेदनसिलताका साथ हेरिने र काम गर्न सहज हुने कुरा उल्लेख गरेका छन् ।

हालको मिति सम्म उक्त कार्यक्रमलाई ७८५०० जनाले हेरेको र १६०४१ जनाले कार्यक्रमका बारेमा प्रतिक्रिया जनाएको पाइएको छ । यो कार्यक्रम कर्णाली प्रदेशमा पहिलो भएपनि एकदम सफल भएकोले आगामी कार्यक्रम संचालनको लागी यो कार्यक्रम एक राम्रो अभ्यास हुने देखिन्छ । विद्यार्थीहरुले धेरै रचाएको र सहभागी भएकोले यो कार्यक्रमले विद्यार्थी र बालबालिकाको ध्यान तानेको पाइएको छ ।