Loading... आजः २५ श्रावण २०८३, सोमबार । Monday 10th August 2026

भगवतीमाईले प्रत्येक हप्ता विद्यार्थीको स्वास्थ्य जाँच गराउने

सुर्खेत ।
दैलेखको भगवतीमाई गाउँपालिकाले प्रत्येक हप्ता विद्यार्थीको स्वास्थ्य चेकजाँच गराउने भएको छ । यही भाद्र ३० गते गाउँपालिका, गाउँ शिक्षा समिति, वडा अध्यक्ष तथा प्रधानाध्यापकहरुको समेतको बैठकले यस्तो निर्णय गरेको हो ।


उक्त बैठकले शिक्षा तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम विद्यालयले आफ्नो परिवेश अनुरुप निर्देशिकाको बुँदा ३३ को (२) को व्यवस्था अनुसार विद्यार्थी संख्या तथा सहुलियत कक्षाको आधारमा स्वास्थ्य आपदण्ड अपनाई प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप असोज ४ गतेदेखि गर्ने निर्णय समेत गरेको छ ।

यसैगरि गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुलाई अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउने र हाल जिल्ला बाहिर रहेका शिक्षक तथा कर्मचारीहरुले आफ्नै लगानीमा पिसिआर जाँच गराइ ल्याएको नेगेटिभ रिपोर्टका आधारमा विद्यालयको कामकाजमा लगाउने निर्णय समेत गरेको गाउँपालिकाले जनाएको छ ।