Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

फरार अभियुक्त पक्राउ गर्न प्रहरी सक्रिय

सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी पछिल्लो समय फरार अभियुक्त पक्राउ गर्न सक्रिय रहेको छ । फरार रेका प्रतिवादीहरुलाई पक्राउ गरेर कारवाहीका लागि सहज बनाउने उद्देश्यका साथ प्रहरीले सक्रियता बढाएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनु भयो ।


जिल्ला अदालतबाट फैसला कार्यान्वयको क्रममा फरार रहेका अभियुक्तहरुलाई अभियानकै रुपमा पक्राउ गरि अदालत समक्ष पेश गर्ने गरेको बास्तोलाको भनाई छ । जस अनुसार सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट १ जना, प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले खोटा चलन मुद्दामा १ जना, बहुविवाह मुद्दामा १ जना अंश मुद्दामा १ जना, चेक अनादर मुद्दामा ३ जना, सार्वजनिक अपराध मुद्दामा ७ जना, कर्तव्य ज्यान मुद्दामा १ जना पक्राउ गरेको जनाइएको छ । यसैगरि जिल्ला प्रहरी कार्यालय दैलेखबाट जबरजस्ती करणी मुद्दामा १ जना पक्राउ गरिएको जनाइएको छ ।

यसरी पक्राउ परेकाहरुबाट ६ वर्ष २ महिना २९ दिन कैद र ९४ हजार ७८८ रुपैयाँ जरिवाना असुल हुने प्रहरीको भनाई छ ।