Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कुन उमेरलाई ‘पहिलो पटक’ यौनसम्बन्ध राख्ने उचित उमेर मानिन्छ ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरिका सबैमा उत्सुकता र अन्योल छ ।  नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । यहाँ विवाह अघि यौनसम्बन्ध राख्न बर्जित छ । तर, पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन । ती समाजमा दुबैको इच्छा चाहनामा भरपर्ने हुन्छ ।  निश्चय नै यौनसम्बन्धका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ ।

कुन उमेरलाई 'पहिलो पटक' यौनसम्बन्ध राख्ने उचित उमेर मानिन्छ ?

कलिलो उमेरमा यौनसम्पर्क राख्दा आफ्नो कौमार्य गुम्ने बताइन्छ । ब्रिटेनमा गरिएको एक अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए । यसबाट पनि के बुझिन्छ भने यौनसम्बन्ध राख्न पनि शारीरिक रुपमा सक्षमताको आवश्यकता पर्दछ ।

विकसित देश ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ ।  केही समय अघि सार्वजनिक गरिएको नेशनल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्ने प्रतिवेदनमा उल्लेख थियो ।

एक अर्को अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका थिए । यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए । केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए ।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए । झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए । पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।

उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो । त्यसैगरी अमेरिकी मनोचिकित्सक डा. मर्लिन वाकरले १८ वर्षको युवावस्थामा यौनसम्पर्कको चाहना अति उच्च विन्दुमा पुग्ने बताएका छन् । उनले यो उमेर समूहकालाई हरेक क्षण उत्तेजित र मनमा अनेकौँ कामुक विचारहरु आउने बताएका छन् ।