Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

खोर्के खोलामा भेटियो शिशुको शव

सुर्खेत |

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरस्थित खोर्के खोलामा नवजात शिशुको शव भेटिएको छ। वीरेन्द्रनगर नगरपालिका-४ र ६ को बिचमा पर्ने रातो पुलदेखि झण्डै तीनसय मिटर तल खोलामा शिशुको शव भेटिएको हो।

सुर्खेत खोर्के खोलामा भेटियो शिशुको शव

जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकको पोकाभित्र बेरेर खोलामा फालिएको हुनसक्ने अनुमान छ। शुक्रबार खोलामा खेल्न गएका बालबालिकाले शिशुको शव देखेपछि नजिकका स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शिशु कसले फालेको होरु भन्नेबारे प्रहरीले अनुसन्धान थालेको डिएसपी रामप्रसाद घर्तीले बताए। प्रहरीले मुचुल्का उठाएर शिशुको शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको हो।