Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

कर्णालीमा थप ४८ जनामा संक्रमण

सुर्खेत
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पुष्टि भएका ४८ जना सहित जम्मा कोभिड–१९ संक्रमितको संख्या ३ हजार ३६४ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा निको भई डिस्चार्ज हुने १५ जना रहेको छ । हालसम्म निको हुनेहरुको संख्या २ हजार ८१० पुगेको छ । आज पुष्टि हुने ४८ जना मध्ये वीरेन्द्रनगर, सुर्खेतमा स्वाब संकलन भएका ४२ जना र वनगाड कुपिण्डे, सल्यानमा स्वाब संकलन भएका ६ जना हुनुहुन्छ । जिल्लागत रुपमा सुर्खेतका ३६ जना, सल्यानका ६ जना, दैलेखका ३ जना र अन्य प्रदेशका ३ जना हुनुहुन्छ । डिस्चार्ज हुने १५ जना मध्ये प्रदेश अस्पताल, सुर्खेतबाट ४ जना, गुर्भाकोट आइसोलेसन सेन्टर, सुर्खेतबाट २ जना र वीरेन्द्रनगर होम आइसोलेसन, सुर्खेतबाट ९ जना हुनुहुन्छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ३१० जना सहित हालसम्मको जम्मा पिसिआर परीक्षण ७३ हजार १९२ जना रहेको छ ।

हाल सम्म मृत्यु हुनेको जम्मा संख्या ६ रहेको छ ।