Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

कविता – अन्त्य हुन्छ कोरोना

Image may contain: Jivendra Deo Giri, sky, cloud, outdoor and nature
जीवेन्द्रदेव गिरि

कोरोनाको कहरले
हायलकायल बनायो
बन्दाबन्दी बस्तीमा
उकुसमुकुस गरायो

विद्यालय बन्द छ
पढाइ लेखाइ रोकियो
कामधन्दा घटेर
के खाऊँ के लाऊँ बनायो

मास्क लगाई नाकमा
मान्छेहरु हिँड्दछन्
दुई मिटरको दूरीमा
भेटघाट आउजाउ गर्दछन्

सामान छुँदा कतैको
स्यानिटाइजर लगाउँछन्
साबुन पानी लाएर
हात मिच्ने गर्दछन्

योग व्यायाम गरेर
जिउ चङ्गा बनाउँछन्
खाने कुरा मिलाई
तातो पानी पिउँदछन्

मास्क लाउन्न भनेर
ट्रम्पले फुर्ती लगाए
केही लागेन आखिर
लजाउँदै शिर नुङाए

अनुशासन पालना
गर्नेहरु देखेर
हट्यो पछि कोरोना
चीनबाट भागेर

कहिलेसम्म कोरोना
तेरो ढलीमली हो ?
मान्छेसित निहुँ नखोज्
तेरो अन्त्य वेला भो