Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

उपप्रमुख ढकाल सम्मानित

सुर्खेत ।

सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी उप–प्रमुख मोहनमाया ढकाललाई सम्मान गरेको छ ।

महिला जेसीजले हरेक बर्ष गर्ने बार्षिक कार्यक्रम अनुसार शनिबार सप्ताहव्यापी कार्यक्रमको समापनमा नारी सम्मान कार्यक्रममा मार्फत ढकाललाई सम्मान गरेको हो ।

उपप्रमुख ढकालले महिलाको क्षेत्रबाट भएर बिगत लामो समयदेखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रियरुपमा लाग्दै महिलाहरुको व्यक्तित्व विकास एवं नेतृत्व क्षमता अभिवृद्धीमा उत्प्रेणात्मक भूमिका निर्वाह गरेकोले सशक्त महिला नेतृत्वको रुपमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको जेसीज २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिइन् ।

महिला जेसीजले असोज १६ गतेबाटे सप्ताहव्यापी कार्यक्रम सुरु गरेको थियो । वीरेन्द्रनगरमा आश्रित बाढीपीडितहरुका लागि कोभिड सम्बन्धी जनचेतना र स्वास्थ्य सामाग्री वितरण, वक्तित्वकला प्रतियोगिता, उद्घोषण तालिम, मानव सेवा आश्रममा दन्त परिक्षण शिविर, सेनेटरी प्याड बनाउने तालिम तथा नारी सम्मान कार्यक्रम गरिएको थियो ।