Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

आज गैर आवासीय नेपाली दिवस

मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।

प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलाई पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ ।

आधूनिक नेपालको रुपरेखा कोर्नका लागि गैर आवासीय नेपालीहरुको सहभागीता अनि लगानीलाई यस वर्ष सन् २०२० ले झनै महत्वपूर्ण रुपमा दर्शाएको छ, कोरोना महामारीको त्रास अनि घाटावाट ग्रस्त नेपाली समाज अनि ब्यापारहरुलाई गैर आवासीय दाजुभाई अनि दिदिबहिनीहरुको विशेष सहभागीताको थप खाँचो छ, यस वर्ष नेपालीजनहरु आफ्ना सिमापारीका सदस्यहरुको अर्थपूर्ण सहभागीताको प्रतिक्षाको खाँचोमा छन् ।

आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर प्रविधीको आयात या लगानीको अवसर का लागि यसै आलेख मार्फत हाम्रा गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आव्हान पनि गर्दछौं । हाम्रो माटो हामीले नबनाए कहाँ बन्छ र ?

देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना । हाम्रो पात्रो