३१६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।






