Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

कैलाली |

कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (अनलाइनखबर)