Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

बाढिपीडितलाई सहयोग गर्न छलफल

साथमा दशैंको शुभकामना आदान प्रदान

जापान ।
जाजरकोट बारेकोटमा रहेका बाढिपीडितहरुलाई सहयोग गर्न जापानमा छलफल भएको छ । जापानमा रहेका नेपालीहरुले उक्त छलफल चलाएका हुन् । कर्णाली प्रदेश समाज नागोयाको समन्वय र केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा छलफल चलाइएको संस्थाका क्षेत्री समिति सचिव इन्द्रजीत अधिकारीले बताए । बाढि प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ जापानिज नागरिक मसाफुमि ववतासँग छलफल भएको छ भने साथमा दशैंको शुभकामना आदान प्रदान समेत गरिएको सचिव अधिकारीले जानकारी दिए । साथै संस्थाले ती जापानी नागरिकलाई सम्मान समेत गरेको छ ।


संस्था स्थापनादेखि हालसम्मका गतिविधिहरुको बारेमा समेत छलफल भएको छ । जसमा संस्थाका वरिष्ठ उपाध्यक्ष वसन्त घर्ति मगर र सचिव अधिकारीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा गणेश केसी रेग्मी, सागर क्षेत्रीले संस्थाको संरचना र क्षेत्रीय टिमहरूलाई मजबुत बनाउनुका साथै जापान तथा नेपालमा भैपरि आउने विविध समस्यासँग संस्थागत पहल गर्न, युवा उद्यमशिलता र स्वरोजगार, पर्यटन क्षेत्रको बृद्धि विकाससँगै विद्यार्थीका मुद्दाहरूमा थप संवेदनशिल भएर काम गर्न सुझाब दिएका छन् ।

यस्ता कार्यले आउने दिनहरूमा पनि समस्यामा परेका पिछडिएका वर्गका नागरिकहरूलाई सहयोग गर्न थप हौसाएको जापानिज नागरिक मसाफुमि ववताले धारणा राखे । साथै संस्थासँग थप सहकार्य गरेर काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । उक्त कार्यक्रममा संस्थाका सल्लाहाकार ज्योति मल्ल, नागोया अध्यक्ष नारायण न्यौपाने र सचिव नवराज थापाको पनि सहभागिता रहेको थियो ।