Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनामा कोरोना पुष्टि

काठमाण्डौ |

नेपालमा कोभिड–१९ कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ ।

अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।