Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

कोरोना संक्रमित बृद्धमहिलाको सुर्खेत मृत्यु

सुर्खेत ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ । उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको बताइएको छ ।

ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि असोज ३० गते बेलुका प्रदेश अस्पतालमा भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि कात्तिक १ देखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप पौडेलका अनुसार कात्तिक १ गते बिहान स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।