Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

रेडपाण्डाको छालासहित चार पक्राउ

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ वटा रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होतलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला (ओखेटो पहार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


पक्राउ पर्नेहरुमा मा रहेको दैलेख नौमुले गा.पा. वडा नं. २ बस्ने वर्ष २६ को मनोज वि.क., वडा नं. ३ बस्ने वर्ष ४१ को मनबहादुर सुनार, वर्ष २९ को पदमबहादुर सुनार र दैलेख नारायण न.पा. वडा नं. ९ बस्ने बर्ष ४० की सबिता थापा रहेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय सुर्खेतमा पठाएको ।