Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

सजग भएर दशैं मनाऔं

आज महासप्तमीको दिन । हामी नेपालीहरुको ठूलो पर्वको रुपमा रहेको विजया दशमी तपाईं हाम्रो घर आगनमा आइसकेको छ । हिन्दु धर्मालम्बीहरुको निकै ठूलो आस्था र विश्वासको पर्व पनि हो यो । विगतका वर्षहरुमा जस्तै छैन यस वर्षको अवस्था । यो वर्ष विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सचेत र सजग भएर दशैं मनाउनु पर्ने अवस्था श्रृजना भएको छ । विगतका वर्षहरुमा एक ठाउँबाट अर्को ठाउँमा जान जति सहज थियो यो वर्ष त्यत्ति सहज छैन । आफू जाँदा होस् वा आप्mनो घरमा पाहुनाहरु आउँदाको अवस्थामा होस् दुबै पक्ष सजग बन्नै पर्छ । आँखाले देख्न नसकिने भाइरस जोसँग पनि हुन सक्छ । अर्को कुरा यो लक्षणसहित र लक्षणरहित हुने भएकोले पनि दशैंको नाममा जथाभावी गरियो भने यसबाट ठूलै क्षति पनि हुनसक्छ ।


दशैंमा आफूभन्दा ज्येष्ठ, मान्यजनहरुबाट टिका र जमरा ग्रहण गर्ने गरिन्छ । कोरोना भाइरसले विशेष गरि ज्येष्ठ तथा दीर्घरोगीहरुलाई अझ बढि समस्या पार्ने भएकोले पनि उहाँहरुसँग टिका जमरा ग्रहणको समयमा समेत स्वास्थ्यका मापदण्डहरु अपनाउन जरुरी छ । दशैंको समयमा हुने विभिन्न मेला पर्व तथा देवीका शक्तिपीठहरुमा गरिने पूजाआजामा समेत सजगता अपनाउन जरुरी छ । आस्थाका धरोहरहरुलाई हामीले अवस्था अनुसार नै पूजाआजा गर्न सक्छौ । केवल पूजा र दर्शनको नाममा भीडभाडमा गर्नु गराउनु आवश्यक छैन । घर बाहिर भएकाहरु यथासक्य घरमा फर्कने भएकोले पनि बाहिर को – को सँग कहाँ नजिक भइएको थियो त्यसको ज्ञात नहुन सक्छ । बाहिरबाट आएकाहरुले दशैंको मनाउने नाममा कोरोना फैलाउने अवस्था भयो भने भोली व्यक्ति, घरपरिवारदेखि समाज हुँदै राष्ट्रले समेत ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन ।

दशैंमा खानपानमा समेत त्यत्तिकै ध्यान दिन जरुरी छ । महामारी नभएको समयमा त खानपानका कारण दशैंमा विरामी पर्नेहरुको संख्या हजारौं हुन्थ्यो भने अहिले त महामारी समेत भएकोले खानपानमा समेत ध्यान पु¥याउनै पर्छ । सकेसम्म शरिरलाई रोगसँग प्रतिरक्षात्मक शक्ति उत्पादन गर्ने खालका खानाहरु खानु पर्छ । मदिरा तथा अन्य लागु पदार्थको सेवनले शरिरमा भएको इम्यूनिटी पावरमा समेत ह्रास ल्याउने भएकोले त्यसबाट बच्न आवश्यक छ । नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरि दशैं मनाउनु नै अहिले बुद्धिमानी ठहर्छ । यो सजगता हाम्रो लागि हो र हाम्राका लागि हो भन्ने कुरालाई बुझौं । हामी एक जनाले गरेको गल्तीले हाम्रो घरपरिवार हुँदै समाज र देशलाई समेत नोक्सान गर्ने भएकोले सकेसम्म जो जहाँ छौ त्यही दशैं मनाउँदा अझ राम्रो होला । घर परिवार तथा मान्यजनसँग बसेर दशैं मनाउँदा, टिका जमरा ग्रहण गर्दा तथा खानपान गर्दा समेत भौतिक दुरी कायम गरौं । जसले गर्दा आफू र आपल्नालाई यो महामारीबाट बचाउन सकिन्छ ।

एक आपसमा सहयोगको भावना राखौं । नबुझेकाहरुलाई बुझेकाले बुझाऔं । नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा देशमा सुखशान्ति छाओस् । स्वदेश तथा विदेशमा रहनुहुने हरेक नेपालीको उन्नती र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना । आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय ।