Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

कोरोना संक्रमणबाट भेरीगंगाका एक पुरुषको मृत्यु

सुर्खेत ।

भेरीगंगाका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शनिवार राति मृत्यु भएको हो । उपचार गर्न प्रादेशिक अस्पतालमा पु¥याएको एक घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गराएका पुरुषको निको नभएपछि बाँकेको कोहलपुर लगिएको थियो । कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे ल्याइएको थियो

तीन दिन अगाडि मात्रै ति युवाको पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।