Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन

संयोजकमा ललितजंग महत र सहसंयोजकमा भरतबन्धु थापा

सुर्खेत |

नेपाल पर्यटन बोर्डले कर्णाली प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिको संयोजकमा ललितजंग महत र सहसंयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् ।

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन | Purnapusti

महत जुम्लाका होटल व्यवसायी हुन् । दैलेखका थापा मनघरी फाउन्डेसनका अध्यक्ष एवम् फोटो पत्रकार हुन् । उनी Wild West Nepal (2013) र गन्तव्य कर्णाली (२०१९) फोटो पुस्तकका लेखकसमेत हुन् ।

कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानको मुख्य उद्देश्यसहित पर्यटन व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था, पर्यटन व्यवसायीहरु र अन्य सरोकारवालाहरुलाई समाबेस गरी सातवटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गर्ने योजना बोर्डको छ । सोही योजनाअनुसार कर्णाली प्रदेशमा समिति गठन भएको हो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीका अनुसार समितिले तोकिएको कार्यक्षेत्रगत शर्त बमोजिम प्रदेशभित्रका पर्यटन सरोकारवालाहरुसँगको सहकार्यमा आन्तरिक पर्यटन प्रबद्र्धनका कार्यहरु गर्ने छ ।