Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कम्यूनिष्ट पार्टी फुट्दैन : माधव नेपाल

काठमाडौँ  ।
नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नफुट्ने बताउनु भएको छ । नेता नेपालले कोही विधिको पालन गरियो भने संगठनलाई सूचारु रुपमा संचालन गर्न सकिने बताउनु भएको छ । आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठानेमा त्यस्ता व्यक्तिको पतन हुने उहाँको भनाई छ ।

पार्टीभित्र हेप्ने काम भयो :माधब नेपाल::: मुलधारको नेपाली डिजिटल पत्रिका
कम्यूनिष्ट पार्टी फुट्नेवाला छैन भन्दै नेता नेपालले कोहीले त्यस्तो दुष्प्रयास गरे त्यस्ता चोइटिएर जाने उहाँले बताउनु भयो । कम्यूनिष्ट पार्टी अगाडि बढ्ने, कम्यूनिष्ट आन्दोलन अगाडि बढ्ने बताउँदै पार्टी भित्रका समस्यालाई छलफलबाट हल गरेर अगाडि बढाउने बताउँदै व्यक्ति प्रमुख नभइृ विधि प्रमुख भएको उहाँको भनाई छ ।

पार्टीको विधानलाई सबैले शिरोपर गर्नुपर्ने उहाँले बताउनु भयो । सबैमा बुद्धि र चेत पलाउने छ । सबैले जिम्मेवार भएर अगाडि बढ्न र कमी कमजोरीलाई आत्म आलोचनाका साथ उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

नेता नेपाललले भन्नुभयो, ‘ढुक्क हुनुहोस् नेकपा बिभाजन हुँदैन । बिभाजन हुनका लागि एकता भएको होइन ।२१ औं शताब्दीका चुनौतीहरुलाई सामना गर्दै नेपाली समाजलाई स्थिरता, विकास र समृद्धिको दिशामा अगाडि बढाउनका लागि हो ।’ सानातिना समस्या र अंतर्विरोधबाट हामी आत्तिनु पर्दैन । दुनियाँमा कुन चाहिँ पार्टी समस्या रहित छन् र ? उहाँले प्रश्न गर्नुभयो ।