कर्णालीमा थपिए ५३ जना कोरोना संक्रमित
सुर्खेत ।
पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै दैलेखका आठजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र अन्य प्रदेशका दुईजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप चार जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार २६७ पुगेको छ । प्रदेशभर हालसम्मा ६६५ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।






