Loading... आजः ६ माघ २०७८, बिहीबार । Thursday 20th January 2022

जेसिज सप्ताहमा रक्तदान

सुर्खेत ।
जेसिजहरुले उत्सवका रुपमा मनाउँदै आएको जेसिज सप्ताहमा साताव्यापी विभिन्न कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक २२ देखि सुरु भएको सप्ताहव्यापी कार्यक्रममा रक्तदान समेत गरिएको वीरेन्द्रनगर जेसीजका अध्यक्ष शिवराज घिमिरेले जानकारी दिए ।

Can you help save a life and give blood? - Daily Record
कार्यक्रमको पहिलो दिन नेतृत्व विकास सम्वन्धी विशेष कार्यक्रम गर्नुका साथै दोस्रो दिन प्रदेश अस्पताल सुर्खेतसँगको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

सप्ताहव्यापी कार्यक्रममा यूवाहरुमा व्यक्तित्व र नेतृत्वको विकास गर्नुका साथै सामाजिक क्षेत्रमा समेत अग्रसर तुल्याउने उद्देश्य राखिएको अध्यक्ष घिमिरेको भनाई छ । घिमिरेका अनुसार २४ देखि २६ गतेसम्म राहत सामाग्री वितरण, कर्णालीको स्वास्थ्य अवस्थाबारे प्यानल डिस्कर्सन र यूवा सम्मेलन समेत गरिनेछ ।

विश्व नै कोरोना संक्रमणको महामारीबाट आक्रान्त बनेको बेला कार्यक्रम गर्दा भिडभाड नहुने गरि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएका जेसिज वर्ष २००४ का अध्यक्ष नन्द बहादुर विसीले जानकारी दिनु भयो ।