Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

पार्टीभित्र अप्रजातान्त्रिक गतिविध बढ्यो : प्रकाशमान सि‌ंह

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र अप्रजातान्त्रिक गतिविधि बढेको बताएका छन् ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएकै मितिमा महाधिवेसन गर्नुपर्ने बताए ।

चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त गरे । प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै उनले अहिलेका नेताहरु पनि सच्चिनुपर्ने बताए ।